काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको दावी गरेका छन् ।
सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृह मन्त्रीको दावी गरेका हुन् । उनले जनताको काम गर्न सरकारमा जाने निर्णय गरेको बताए ।
उनका अनुसार रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने, स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने शर्त पनि राखेको छ ।
लामिछानेको दल सरकारलाई समर्थन गर्ने एमाले र सरकारकाे नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल हो ।




















