काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) को तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताए ।
उनले यसअघिको नेपाली काँग्रेससँगको गठबन्धनमा काँग्रेसले सहमति अनुसार काँग्रेसले धोका दिएको बताए । उनले पहिलो चरणमा गठबन्धनबाट माओवादीले नेतृत्व गर्ने सहमति भए पनि काँग्रेस राष्ट्रपति त प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताए । उपाध्यक्ष महराले बैठकमा समसामयिक परिस्थितिको पनि छलफल भएको बताए ।




















