काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आगामी सरकार बन्ने भएको छ। आज बालकोट बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।
बालकोट बैठकबाट बाहिरिने क्रममा एमाले नेता शंकर पोखरेल भने, ‘हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छौँ।
‘राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय समाप्त हुने दिन । सम्पन्न निर्वाचनले नेपाली कांग्रेसलाई पहिलो दलका रुपमा निर्वाचिन गरे पनि उसले दुई कार्यकालका लागि सरकार गठन गर्न प्रक्रिया गर्न नसकेपछि दोस्रो ठूलो दलका हैसियतले त्यो जिम्मेवारी एमालेले लिनुपर्ने अवस्था आइलाग्यो,’ उनले भने, ‘हामीले दुईअन्तर्गतको सरकार गठन गर्न छलफल गर्यौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा दुईभन्दा बढी दलको समर्थन रहेको सरकार गठन गर्ने सहमति भएको छ।’
अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको सरकार बन्ने छ । यी दलबीच अब संसदमा १६६ मत पुग्नेछ ।




















