काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् ।
उनलाई बालकोटबाटै बैठकमा सहभागी हुन दलका नेताहरूले आग्रह गरेका थिए । त्यसपछि उनी बालकोट पुगेका हुन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् । बालकोटमा एमालेसहित माओवादी, राप्रपा, रास्वपाका अध्यक्षहरुबीच छलफल जारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको छ । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।




















