काठमाडौं । नेपाली कांग्रेसका महिला सांसदहरूले पार्टी सभापति शेरबहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग छलफल गर्दै उनीहरूले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन्।
निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेका कारण पनि अबको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने कांग्रेस सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन् ।
उनले निर्वाचनमा जादा गठबन्धनसँगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा आफूहरूको जोड रहेको बताइन् ।
छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारीपूर्वक छलफल भइरहेको जानकारी गराएका थिए ।
आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताएको सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन् ।