काठमाडौं । गृहमन्त्रालयले हत्या आरोपमा करिब दुई दशकदेखि केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई निष्कासन गरेको छ । गृहमन्त्रालयले उनलाई १० वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्कासन गरेको हो । अध्यागमन विभागले उनलाई कडा सुरक्षाका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाएको हो ।
नेपालस्थित फ्रेन्च दूताबासले ट्राभल डकुमेन्ट बनाइदिएपछि गृहले उनलाई निष्कासन गरेको हो । उनी कतार एयरको जहाजबाट फ्रान्स जानेछन् ।
बुधबार सर्वोच्च अदालतले शोभराजलाई जेलमुक्त गर्न निर्देशन दिएको थियो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो ।
उनलाई अहिले कागजी प्रक्रियाका लागि अध्यागमन विभागमा राखिएको छ । कागजी प्रक्रिया पूरा भएपछि अध्यागन विभागले उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट निस्कासन गर्नेछ ।
दुईजनाको हत्या आरोपमा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएको हो ।




















