हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन् । बिहिबार संघिय सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा आइपुगेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दिएको राजीनामापत्र बुझाएका छन् ।
उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्री हुँदाहुँदै सांसदको सपथ लिएको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।



















