काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यको उपस्थिति छ । आजको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति चयन गर्ने तयारी गरिएको छ ।
सत्ता समीकरणको बहस जारी रहेका बेला नेपाली कांग्रेसले आन्तरिक छलफललाई तीव्रता दिएको छ ।
शनिबार पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसका नवनिर्वाचित सांसदसँग बालुवाटारमा छलफल गरेका थिए। चियापान कार्यक्रमको आयोजना गरी देउवाले सांसदहरूलाई बालुवाटार बोलाएका थिए।
बालुवाटारको भेलामा पनि सत्ता समीकरण र आगामी सरकारका विषयमा छलफल भएको थिए । सांसदले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सभापति देउवालाई दवाव दिएका थिए ।




















