काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो ।
सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको हो । शुक्रबार राती उनीरूबीच सरकार गठन प्रक्रियाका विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ ।
निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ । सोहीअनुसार ओली र लामिछानेबीच भेटवार्ता भएको स्रोतको भनाइ छ ।
‘सत्ता गठबन्धनले पनि सरकार बनाउने प्रक्रिया अगाडि बढाएको छ। दोस्रो ठूलो दल भएकाले त्यो डिजर्ब हामीले पनि गर्छौं। त्यही हिसाबले पहलकदमी गरिरहेका छौं,’ एमालेका एक नेताले बताए ।
मंसिर ४ को निर्वाचनमा एमालेले ७८ सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको छ ।




















