काठमाडौं । निर्वाचन आयोगले आज समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ ।
आयोग समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आज सार्वजनिक गर्ने गरी तयारी गरिरहेको बताएका छन् ।
राजनीतिक दलहरूले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सदस्यको सूची सच्याउने समय सोमबार दिउँसो ४ बजेसम्म तोकेको छ। समानुपातिकको सूची सच्याएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्ने छ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए ।
समानुपातिक सूची घोषणापछि एक साताभित्र प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने आयोगले जनाएको छ ।