काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियुक्त गर्नुभएको छ ।
आइतवार उहाँले माल्दिभ्सको राजदूतमा श्रीलंकाका लागि नेपालको आवासीय राजदूत वासुदेव मिश्र र न्यूजिल्याण्डको राजदूतमा अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पोखरेललाई नियुक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।





















