काठमाडौं । चोभारस्थित इण्डियन मोर्डन स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गणअगाडि बा एएए २९०८ नम्बरको स्कुल बसले ठक्कर दिँदा स्कुटीमा सवार सशस्त्र प्रहरी जवान सुवासचन्द्र रतलाको मृत्यु भएको हो।
आइतबार बिहान करिब ९ बजेतिर चोभारबाट कीर्तिपुरतिर आउँदै गरेको इण्डियन मोर्डन स्कुल बसले प्रहरी जवान रतलालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते रतलाको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए । बसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।




















