काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले नेपालको आर्थिक र सामाजिक विकासमा ज्यापु समुदायको योगदान अनुकरणीय रहेको बताएका छन्। १९ औं राष्ट्रिय जापु दिवसका अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कृषि र कला क्षेत्रमा ज्यापु समुदायको महत्वपूर्ण योगदान रहेको बताए ।
‘नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले गर्दै आएको योगदान अनुकरणीय छ,’प्रधानमन्त्री देउवाले भने,’ सबैले कदर गर्नुपर्छ।’
ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण गर्न सरकारले अक्षय कोष स्थापना गरेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले यसले केही राहत पुग्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल भौगोलिक रुपमा सानो भएता पनि प्राकृति र सांस्कृति सम्पदाले धनी मुलुक रहेको र संस्कृति र सभ्यतालाई जीवन्त राख्नु साझा दायित्व रहेको बताए । उनले चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँस्ने बताए ।




















