काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई प्रवेश गर्न नदिन सर्वोच्च अदालतको गेटमा धर्ना बसेका वकिलहरुको समूहमाथि जुत्ता प्रहार भएको छ ।
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग निष्क्रिय भएसँगै उनी सर्वोच्च जाने तयारीमा रहेको थाहा पाएपछि धर्नामा बसेका वकिलहरुलाई जुत्ता हानेर गालीगलौज गर्ने तारा बराललाई प्रहरीले पक्राउ गरेको छ ।



















