काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई लगाइएको मुद्दा खारेज गरी जेलबाट रिहा गर्न सरकारलाई दबाब दिएको छ ।
मंगलबार गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरी नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दबाब दिएका हुन् ।
नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जनाएको छ ।
कानुनी जटिलता हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने प्रकाण्डले बताएका छन् ।
गृहमन्त्री खाँणले पनि समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताएका छन् ।



















