काठमाडौं । सत्ता गठबन्धनको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको ठहर गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको बैठकमा सहमति गरेको छ ।
निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।





















