काठमाडौं । नेकपा एमाले नेता गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद बस्तु सेनाले निष्कृय पारेको छ ।
आइतबार बिहान भक्तपुरको लोकन्थलीस्थित बाँस्कोटाको घर बाहिर शंकास्पद बस्तु फेला परेपछि सुरक्षा निकायलाई खवर गरिएको थियो । त्यसलगत्तै सेनाको टोली आएर उक्त वस्तु निष्क्रिय पारिएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् । निष्क्रिय पारेपछि परिक्षण गर्दा शंकास्पद बस्तुमा कुनै बिष्फोटक पदार्थ फेला नपरेको उनले बताए ।
बाँस्कोटाको घर अगाडी शंकास्पद बस्तु राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।