काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन ३८ सवारी साधन कारवाहीमा परेका छन् ।
काठमाडौँको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो ।
अत्यधिक धूँवा फाल्ने १३ वटा र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ वटा सवारी साधन कारवाही परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
बबरमहलमा ५४ वटा सवारी साधन चेक गर्दा ३८ वटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मतपछि तोकिएको जरिवाना तिरेपछि नियन्त्रणमा लिएका कागजपत्र फिर्ता गरिने प्रहरीले जनाएको छ ।