काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलाश ढुंगेललाई १६ हजार ३६९ मतले उछिन्दै निर्वाचित भएका हुन् ।
तामाङले ४७ हजार ०९८ ल्याएका छन् भने ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गरे । यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर २ मा युवराज चौलागाई विजयी भएका छन् ।