दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई बधाई दिएका छन् ।
पोरखेल शर्मासँग झिनो मनान्तरले पराजित भएपछि सामाजिक सञ्जाल फेसवुक मार्फत शर्मालाई वधाई र आफ्ना मतदाताहरुप्रति आभार व्यक्त गरेका छन् ।
पोखरेलले लेखेका छन् “मसंगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई । गठबन्धनसंगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले देखाउनु भएको सद्भाका लागि सदैव आभारी रहने छु ।”
शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८० मत ल्याएका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १४ हजार २१५ मत ल्याएका छन् ।
निर्वाचित भएपछि शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताएकी छिन् । पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले इमान र निष्ठाका साथ काम गर्ने प्रतिवद्धता जनाएकी हुन ।