काठमाडौँ । काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापाले सुरुवाती अग्रता कायम गरेका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं १ को जयभद्रकाली विद्यालयको मतगणना गर्दा उनले अग्रता कायम गरेका हुन् ।
वडा नं १ को १५११ मत गन्दा थापाले ६६७ मत प्राप्त गरेका छन् भने एमालेका डा. राजन भट्टराईले ६३३ मत प्राप्त गरेका छन् ।
काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९,६५२ रहेका छन् ।




















