दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको बताएका छन् । आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने भन्दै बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट एमाले बनेर देश विकास गर्ने बताए । उनले देशमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको जिकिर गरे ।




















