काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद भएपछि पार्टीभित्र संसदीय दलको निर्वाचनको तयारी गर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौंको मैतिदेवीमा मतदानपछि प्रतिक्रिया दिँदै थापाले अहिलेको मत परिणामले सांसदमात्रै दिने नभएर नेपाललाई कसले हाँक्ने भन्ने निर्धारण समेत गर्ने र त्यसको तयारी आफूले गर्ने बताए ।
उनले संसदीय व्यवस्थाभित्र ठूलो परिवर्तन ल्याउनका लागि मुलधारका राजनीतिक दलहरुलाई पनि परिवर्तन गर्नुपर्ने जिकिर गरे । निर्वाचनपछि आउने सरकारले दिनरात नभनी काम गरे अप्ठरो नहुने तर विगतकै निरन्तरतालाई कायमै गरे समस्या आउन सक्ने उनले बताए ।
उनले जनताको परिवर्तनको आकांक्षालाई पूरा गर्नका लागि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने धारणा राखे ।




















