काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु भेटिएको छ ।
हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ । स्पेशल चोक र भत्केको पुलमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले जानकारी दिएका छन् ।
बिहान पौने ३ मा शंकास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।




















