चरिकोट – नेकपा एमालेले दोलखाको तामाकोसी गाउँपालिकामा शक्ति प्रदर्शन गरेको छ । चुनावी प्रचार अभियान अन्तर्गत नेकपा एमालेले तामाकोसी गाउँपालिकामा अन्तिम चुनावी सभाको आयोजना गरेको हो । उक्त चुनाबी सभामा ठुलो संख्यामा जनताको उपस्थिति देखिएको छ । निर्वाचन प्रचार अभियान सकिने अघिल्लो दिन नेकपा एमाले तामाकोसी गाउँपालिकाले भव्य कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले दोलखाका शिर्ष नेता, उम्मेदवार लगायतका नेताहरुले जिल्लाको तीन वटै सिट जित्ने उद्घोष गरेका छन् । कार्यक्रममा बोल्दै पोलिट ब्युरो सदस्य आनन्द प्रसाद पोखरेलले एमालेको पक्षमा देखिएको जनलहरले जिल्लामा एमाले उम्मेदवारको जित सुनिश्चित भएको बताउनुभयो । ‘यो जनताको उपस्थितिले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित भएको प्रमाण हो, पोखरेलले भन्नुभयो, ‘अब एमालेको बिजयलाई कसैले रोक्न सक्दैन ।’

पुर्वमन्त्री एवं पोलिट व्युरो सदस्य पार्वत गुरुङले जनताको मत कब्जा गरेर निर्वाचन जित्ने सपना नदेख्न चुनौती दिँदै एमालेको जितमा मात्रै देश र जनताको भविष्य सुरक्षित रहेको बताउनुभयो ।
कार्यक्रमलाई केन्द्रीय सदस्य सरस्वती बस्नेत, रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन लगायतका नेताहरुले सम्बोधन गर्नुएको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
एमाले प्रवेशको लहर
तामाकोशी–४ मालूमा सम्पन्न जनसभामा पालिकाका सबै वडाबाट हजारौं जनसमूह नाराजुलुश र झाँकीसहित सहभागी भएको छ ।
सभाको उपस्थितिले दोलखामा एमालेको जित सुनिश्चित रहेको सन्देश दिएको छ । कार्यक्रममा कांग्रेसबाट दुई दर्जन नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छनु । जसअनुसार कांग्रेसबाट हरिप्रसाद काफ्ले, दलबहादुर मगर, खेम मगर, भीम मगर, भवानी काफ्ले, सन्देश तामाङ, सुमन कार्की, विशाल कटुवाल, सरोज सुनुवार एमाले प्रवेश गरेका हुन ।

त्यस्तै, नकुल कार्की, कृष्ण कार्की, रेशम तामाङ, विशाल कटुवाल, सरोज सुनुवार, नकुल कार्की, कृष्ण कार्की, रेशम तामाङ, रविन कार्की र अर्जुन खत्री पनि एमाले प्रवेश गरेका छन् ।
प्रवेशीहरुलाई प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री, पार्वत गुरुङ, केन्द्रीय सदस्यहरु सरस्वती बस्नेत, रचना खड्का, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, वागमती प्रदेशका दोलखाका ईन्चार्ज तथा पूर्व जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी तथा प्रदेशसभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठलगायतले स्वागत गरेका छन् ।





















