काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले कालिकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले बताएको छ ।
अध्यक्ष ओलीले शनिवार डोटी र कैलालीका विशाल तीन चुनावीसभालाई सम्बोधन गरेका थिए भने सो सभामा जनलहर उर्लेको थियो ।




















