चरिकोट । आगामी मंसिर ४ मा हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा प्रतिष्पर्धी उम्मेदवारले समेत एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।
विहिबार नेकपा एमाले दोलखा प्रदेश (क) का उम्मेदवार नरबहादुर श्रेष्ठलाई प्रतिष्पर्धी नेपाल आमा पार्टीबाट प्रदेश (क) मा उम्मेदवार भिमसेन बजगाइले समर्थन गरेका छन् ।
तामाकोसी गाउँपालिका वडा नं ६ च्यामामा आयोजित एमाले चुनावी सभामा सम्वोधन गर्दै एमाले पार्टी र उम्मेदवार नरबहादुर श्रेष्ठलाई समर्थन गरेको बजगाइले घोषणा गरेका हुन । नेपाल आमा पार्टीका उम्मेदवार बजगाइले एमालेले मात्रै देशमा विकासको नेतृत्व गर्न सक्ने भएका कारण एमाले उम्मेदवार श्रेष्ठलाई सर्मथन गरेको वताएका छन् ।



















