काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनजिविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अहिलेको प्राथमिकता भएको बताएका छन् ।
सोमबार काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानका क्रममा उनले राजनीति स्थिरता कायम गर्दै जनताको जनजिविका र आर्थिक समृद्धिको एजेण्डा अहिलेको प्रमुख प्राथमिकता भएको बताए ।
उनले यस पटकको निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर संविधानको पूर्ण कार्यान्वयन गर्दै गाउँमा सिंहदरबार नारामा नभई व्यवहारमा पुराउने दावी गरेका छन् । संविधानको कार्यान्वन नहुँदै संंघियता, गणतन्त्र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरु ठिक छैन भन्दै देशलाई पुन अस्थिरतातर्फ लैजान खोजेको उनको आरोप छ ।
नेता सिंहले जनताको आवश्यकता अनुसार नै घरदैलो अभियानका क्रममा जनताले राखेका गुनासो र समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।



















