काठमाडौं । नेपालामा २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभरबाट १८७९ नमूना परीक्षण गर्दा २८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२१९ र एन्टिजेनबाट ६६० नमूनाको परीक्षण गर्दा पीसीआरबाट २६ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार थप १८ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ५७० रहेको छ ।




















