दोलखा । नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले हिंसात्मक मानसिकता बोकेर आएका ब्यक्तीलाई चुनावमा मत नदिन आग्रह गरेका छन् ।
जिरी नगरपालिका–१ च्याम्हामा आायोजीत चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार शिवाकोटीले आफू हिसांत्मक माानसिकता बोकेर नभई आर्थिक सम्मृद्धिको सोच बोकेर आएको बताएका हुन् । शिवाकोटीले समाजलाई आंतकीत बनाउनेलाई निर्वाचन मार्फत बहिष्कार बनाउनुपर्ने बताएका छन् ।
माओवादीले जनतालाई आंतकीत बनाउने भन्दा अरु केहि काम नगरेको आरोप लगाउँदै शिवाकोटीले भने, ‘उहाँहरुले अरु केहि काम गर्न जान्नु भएको छैन विध्वंश गर्न मात्र जान्नु भएको छ । त्यसैले हिजोको समयमा माओवादीमा भुलवंश लाग्नेलाई एमालेमा आउँन र कांग्रेस कार्यकर्ताको घरघरमा पुगेर भोट माग्न आग्रह गर्दछु । अब मात्र १४ दिन एमालेको पक्षमा काम गरिदिनूस । म काम गर्न आएको हो । काम गर्नेछु ।’
उनले राजनीति ब्यक्तिगत लाभको लागि नभई समाज सेवा गर्ने उच्चतम ठाउँ भएको बताए । राजनीति समाज परिवर्तन र रुपान्तरणको लागि भएको बताउँदै उनले भने, ‘मेरो उम्मेदवारी आमा बुबा सबैको लागि खुसी ल्याउनको लागि हो ।’




















