काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी एवं काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार रमेश खरेलले मुलुकमा अहिले बेतिथि मौलाएको बताएका छन् ।
काठमाडौ क्षेत्र नम्बर १ मा बिहिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा बेथिति मौलाउनुका साथै न्यायालय समेत सेटिङमा चलेको आरोप लगाएका छन् ।
सर्बोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको भनाईबाट पनि मुलुक कत्तिको सेटिङमा चलिरहेको छ भन्ने कुरा प्रष्ट भएको उनको भनाई छ । उनले देशमा परिवर्तन ल्याउनका लागि आगामी मंसिर ४ मा देशलाई माया गर्ने उमेदवारलाई विजयी गराउन आग्रह समेत गरेका छन् ।
खरेलले काठमाडौ क्षेत्र नम्बर १ का जनतालाई अहिलेसम्म निर्वाचित जनप्रतिनिधिले झुक्याउने काम मात्रै गरेको आरोप समेत लगाएका छन् । आगामी निर्वाचनमा जनताको समस्या सुनिदिने असल प्रतिनिधिलाई जिताउन उनको आग्रह छ ।



















