काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग नेपालका लागि मित्रराष्ट्र जापानका महामहिम राजदूत युताका किकुताले आज निर्वाचन आयोगमा शिष्टाचार भेटघाट गरेका छन् । उक्त भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको बताइएको छ ।
प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्न समेत राजदूतलाई आमन्त्रण गरेको बताइएको छ ।




















