काठमाडौं । नेपालमा ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५९ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घन्टामा ३६४२ नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ४६ र एन्टिजेन विधिबाट १३ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
आज २१ जना कोरोनामुक्त भएका छन् । हाल ५५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।



















