चरिकोट । आगामी मंसिर ४ गते हुने प्रतिनधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले दोलखका उम्मेद्धवारहरु यतिबेला मतदाताबीच भेटघाट र अन्तरक्रियामा व्यस्त रहेका छन् । चुनावको मिति नजिकिदै गर्दा जनमतलाई आफ्नो पक्षमा पार्न यतिवेला प्रतिनिधि सभा सदस्य उम्मेद्धवार बालकृष्ण शिवाकोटी, प्रदेश सभाका उम्मेद्धवारद्धय नरबहादुर श्रेष्ठ र भरत के.सी. दोलखाली नागरिकका घरदैलामा पुगिरहेका छन् ।
चुनावी प्रचार अभियानका क्रममा मतदाता पनि उत्साहित पाइएको उनीहरुले दावी गरेका छन् । नेकपा एमालेबाट विगतमा निर्वाचन जित्नेहरुले दोलखाको विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै आगमी मंसिर चारमा हुने निर्वाचनमा पनि नेकपा एमालेका उम्मेद्धवारहरुलाई विजयी गराउनका लागि आफुहरु आतुर र उत्साहित रहेको मतदाताहरुले बताउँने गरेको एमालेका नेताहरुले बताएका छन् ।

आगामी मंसिर चारमा हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले जिल्ला कमिटी दोलखाले अहिले गौरीशंर गाउँपालिका, भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकालाई केन्द्रित गरी चुनावी अभियानलाई तिब्र पारेको छ । चुनावी अभियान अन्तर्गत नेकपा एमाले दोलखाले निर्वाचनको प्रचार प्रसार, कार्यकर्ता शुभेच्छुकसँग भेटघाट र विभिन्न गतिविधि जारी रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।

निर्वाचन अभियान अन्र्ततग आज प्रतिनिधि सभा सदस्यका उम्मेद्ध्वार बालकृष्ण शिवाकोटी सहित प्रदेश सभा क का उम्मेद्धवार नरबहादुर श्रेष्ठले गौंरीशंकर गाउँपालिको वडा नम्बर १ र २ स्थित जुँगुका कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट, प्रचार प्रसार र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । यसै गरी आज प्रदेश सभा ‘ख’ का उम्मेद्धवार भरत के.सी.ले कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ५ स्थित लापीलाङ र त्यस आसपासका कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट, प्रचार प्रसार र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।



















