काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ र ६ का थामी समुदायका युवाहरु नेकपा एमाले प्रवेश गरेका छन । दोलखाको समृद्धिका लागि आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेको जीत अनिवार्य रहेको भन्दै थामी समुदायका युवाहरु नेकपा एमाले प्रवश गरेका हुन ।
एमाले प्रवेश गर्नेहरुमा कालिञ्चोक गाउँपालिकाका अनुराज थामी, लोकबहादुरथामी, कबिराज थामी, मणिकुमार थामी, डवल थामी, मोतीलाल थामी, राजुथामी, कलकबहादुर थामी, सन्दिप थामीलगायत तीन दर्जन युवाहरु छन् ।
सत्ता गठबन्धनले मुलुक सञ्चालन गर्न नसक्ने तथा दोलखाको समृद्धिको नेतृत्व पनि गर्न नसक्ने भएकोले आफूहरु बिगतमा आवद्ध रहेको पार्टी त्यागेर एमाले रोजेको नवप्रवेसी युवाहरुको भनाई छ ।
बिगतमा अरु पार्टीको भूलभुलैयामा परियो, तर एमालेबाहेक हाम्रो समुदाय र दोलखाको बिकास गर्ने पार्टी छैन भन्ने कुरा अहिले प्रमाणित भइसकेको र राष्ट्रको नेतृत्व पनि केपी शर्मा ओली र एमालेले मात्रै गर्न सक्छ भन्ने घटनाहरुले देखिएकोले एमाले जिताउने अभियानका साथ एमाले पार्टीमा प्रवेश गरेको युवाहरुको भनाई छ । उनीहरुले आफूहरु अव गाउँ फर्किएर सवै थामी समुदायलाई नेकपा एमालेको पक्षमा मतदान गर्न सहमत गराउने अठोट पनि गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा नेता गुरुङले अव कुनै पनि समुदायले भ्रममा नपरी नेकपा एमाले रोज्नुपर्ने तथ्यहरुले प्रमाणित गरिसकेको भन्दै मुलुक र दोलखाको समृद्धिका लागि एमाले एकमात्र बिकल्प रहेको बताए । दोलखामा अहिले गठबन्धनका नेताहरु बजेट लाने, कमिशन खाने अभियानमा रहेको खुलासा गर्दै त्यसप्रति सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी हुन आएका मजदुर दोलखा पवटीका कृष्णबहादुर बुढाथोकीले गठबन्धनले आफै लुछाचुँढी गर्ने भएकोले सवै किसान तथा मजदुरहरु नेकपा एमालेको पक्षमा उभिनुपर्ने बताए ।



















