चितवन । नवलपुरको बुलिङटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका-२ मथारमा ना ६ ख ७५८० नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो ।
पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । बुलिङटार प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको जानकारी दिए ।


















