भक्तपुर । नेकपा एमालेका युवा नेता महेश बस्नेतले भ्रष्टाचार, अनियमितता अन्त्यका लागि एमालेको विकल्प नभएको दाबी गरेका छन् ।
भक्तपुरमा विकासमा कायापलट भएको उल्लेख गर्दै उनले आधुनिक विकास अबको एमालेको अभियान हुने बताए । युवालाई रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउँदै उनले बताए ।
हिजो सिंहदबारले नदेखे पनि एमालेले सिंहदरवारले भक्तपुरलाई खोज्ने अवस्थामा बनाएको दावी गर्दै उनले अब भक्तपुरले सिंहदरवारको नै नेतृत्व गर्ने क्षमताको विकास गरेको बताए ।
नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले शनिबार सूर्यविनायकमा गरेको कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, पर्यटकीय, धार्मिक तथा सांस्कृतिक रूपान्तरणको साथसाथै व्यापक मात्रामा रोजगारीका लागि लाग्नुपर्ने आवश्यकता एमालेको काँधमा आएको बताए ।
त्यसका लागि औद्योगिकरणको अभियान, कला, संस्कृतिलाई जगेर्ना गर्नुपर्ने उनले बताए । जनताको हितमा काम गर्ने एमाले मात्र भएको उल्लेख गर्दै उनले सामाजिक न्यायको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।




















