काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार ९७८ सवारी साधन कारवाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतबाट सवारी साधनलाई कारवाही गरिएको हो । जसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने २६१, लेनको पालना नगर्ने २, रेड लाइटमा सवारी चलाउने ४, जथाभावी हर्न बजाउने ६ वटा कारवाहीमा परेका छन्।
यसैगरी नम्बर प्लेट स्पष्ट नभएको २० र अन्य ६८६ सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।



















