काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । परियारका अनुसार डिजिटल्ली घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ ।



















