ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् ।
एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वेच्छाचारी व्यवहार देखाएको बताए । उनले अहिलेको जस्तो अवस्था पञ्चायतकालमा समेत नभएको उनले दाबी गरे ।
सो कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा थुनेको मात्रै होइन उनका छोरी, बुहारी र भतिजीहरुलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाए । यी सबै व्यवस्थाको अत्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन उनले बताए । उनले ४ मंसिरमा देश हार्ने या जित्ने यही दिन निर्णय हुने बताए ।
अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् । उनले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई पनि स्वागत गरे ।




















