काठमाडौं । नेकपा मसालसँग असन्तुष्ट समूहले नेकपा मशाल व्यूँताएको छ । पार्टीबाट विद्रोह गरेर अलगिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गरेको हो।
विशेष महाधिवेसनका निर्णय बिहीबार बुटवलमा सार्वजनिक गर्दै उक्त समूहले मशालका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पार्टीबाट निस्कासित गरिएको जनाएको छ।
पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको छ भने शन्तबहादुर नेपालीलाई पार्टीको महासचिव चयन गरेको छ।
पार्टी प्रमुखलाई महामन्त्री पदावली दिँदै आएको मशालले अबदेखि महासचिव प्रयोग गर्ने मशालले जनाएको छ।
पार्टी नेतृत्वले दक्षिणपन्थी नीतिको अभ्यास गर्दै आठौ पार्टीलाई विसर्जनतर्फ लगेकाले आफूहरुले अर्को निर्णय गर्नुपरेको नेकपा मशालका महासचिव नेपालीले बताएका छन्।
नेपाली नेतृत्वको मशालले विचार र राजनीतिमा समान भएका पक्षसँग एकीकरण तथा ध्रुवीकरणका लागि पहल गर्ने जनाएको छ।
महासचिव नेपालीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द ुविप्लपुसमूहबाट विभाजित नेकपा बहुमतसँग मिल्न सकिने बताएका छन्।
मशालले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने जनाएको छ। कात्तिक महिनाभर बहिष्कार आन्दोलनको कार्यक्रम तय भएको नेपालीले जानकारी दिएका छन्।



















