काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि ७५ जना नेपाली सेनाको टोली माली प्रस्थान गरेको छ ।नेपाली सेनाका सेनानी पवन थापाको कमान्डमा ७५ जनाको टोली नेपाल एयरलाइन्समार्फत बुधबार राति प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
मालीमा तैनाथ ईओडी गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्न नवौं डफ्फाको अन्तिम टोली मिशन इलाकातर्फ प्रस्थान गरेको निर्देशनालयले जनाएको छ ।
आठौं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी संगित पुनको नेतृत्वमा रहेको ७५ जनाको टोली कात्तिक ४ गते स्वदेश फर्किने बताइएको छ।


















