काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
देशभरबाट १५१० नमूना परीक्षण गर्दा ४६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८३५ र एन्टिजेनबाट ६७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२ र एन्टिजेनबाट ४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७३६ पुगेको छ ।



















