काठमाडौँ । राप्रपा नेपालका पाँच पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि असन्तुष्ट बनेका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका हुन् ।
प्रचण्डको भेटमा उनीहरुले अहिले पार्टी प्रवेश नगर्ने तर, गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको बुझिएको छ ।
राप्रपाका नेताहरुप्रति आश्वस्त पार्दै प्रचण्डले भने ‘तपाईँहरु र हाम्रो विचार, सिद्धान्त फरक भएपनि राष्ट्रियताको विषयमा कुरा मिल्छ, विगतमा पनि राजा वीरेन्द्रसँग धीरेन्द्र मार्फत् कुरा हुन्थ्यो, ज्ञानेन्द्र राजा भएपछि सम्बन्ध अलि ट्याक्टिकल भयो ।’
राप्रपाका पदाधिकारीहरुले राजनीतिको केन्द्रमा प्रचण्ड रहेकाले गोरखाबाट चुनाव जिताउन सहयोग गर्ने प्रतिवद्धता जनाएको एक नेताले बताएका छन् ।



















