काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले ट्विट गर्दै जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको उल्लेख गरेका छन् ।
ओलीले लेखेका छन्, ‘ शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु । उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ ।’
अध्यक्ष ओलीले ‘अलबिदा शताब्दी पुरुष’ श्रद्धा सुमन भन्दै शोकाकुल परिवार जनामा गहिरो समवेदना व्यक्त गरेका छन् ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।



















