काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन् । बैठकमा आगामी निर्वाचनको रणनीति र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ । आगामी निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।




















