काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता विनोदबाबु प्रधानले उम्मेदवारी फिर्ता लिएका छन् ।
मंगलबार निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिँदै उनले क्षेत्र नं ४ मा गगन थापाको विकल्प नभएकोले आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उनले गगन थापालाई समर्थन गर्ने घोषणा समेत गरेका छन् ।




















