काठमाडौँ । डडेल्धुरामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका चक्र स्नेहीले आफ्नो उम्मेदवारी लिएर फिर्ता लिएर बिपी काँग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार उनले उम्मेदवारी फिर्ता लिएका हुन् । सत्ता गठबन्धनबाट डडेल्धुरामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेका छन् ।




















