चितवन । चितवनको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ । एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले कोइरालालाई समर्थन गरेका हुन् ।
उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो । कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुन् । सोही क्षेत्रमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे उमेदवार छन् । कोइराला समर्थन लिनका लागि बालकोट पुगेका थिए ।




















