काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि टिकट नदिनुको खास कारण मनमुटाव रहेको कारण सार्वजनिक भएको छ । रिजाल आफैले ट्विट गर्दै सभापति देउवाले टिकट नदिनुको खास कारण मनमुटाव रहेको सार्वजनिक गरेका हुन् ।
रिजालले देउवालसँग पहिलेदेखि नै मिलजुल नरहेको समेत संकेत गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्जनिक गर्दै रिजालले सभापतिसँगको मनमुटावकै कारण नै आफूलाई प्रतिनिधिसभाको टिकटबाट बञ्चित गरिएको बताएका छन् ।
रिजालले अर्थ समितिको संयोजकबाट दिएको राजीनामा पत्र र राजीनामा स्वीकृत गरिएको पत्र सार्वजनिक गर्दै आफूले टिकट नपाउनुको कारणसँग जोडेका छन्।
उनले भनेका छन्, ‘हाम्रो दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधि सभाको निर्वाचनमा किन उम्मेदवार बनाउनुभएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला परे, पोष्ट गरेको छु ।’
अर्थ समितिको संयोजक हुँदा देउवा बेखुसी भएको महशुस गर्दै रिजालले राजीनामा दिएका थिए । तर देउवाले आफू खुशी भएको भन्दै राजीनामा पत्र स्वीकृत गरे पनि त्यसको बदला उनले टिकट वितरणमा देखाएका छन् ।





















